काठमाडौं । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेका बताए । उनले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताए । उनले फिल्मबाट धेरै कुरा सिकेको बताए । त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताइन् ।
उनले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताइन् । उनले सबैले फिल्म हेर्न जान आग्रह गरे । कलाकारले आफ्नो तर्फबाट सकेको अभिनय गरेको बताइन् ।
चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुनेछ । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुन् । फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।