काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् ।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।
प्रचण्डले पुस १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन ।