बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

चैत ५ गते विराटनगरमा नामाकरणको विषयमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend