काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ।
याे सँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।