logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सडकमै रात विताएका मिटरब्याजी पीडितले थाले बिहानैदेखि बिरोध प्रदर्शन

    सडकमै रात विताएका मिटरब्याजी पीडितले थाले बिहानैदेखि बिरोध प्रदर्शन

    1.1K
    Shares
    सडकमै रात विताएका मिटरब्याजी पीडितले थाले बिहानैदेखि बिरोध प्रदर्शन

    काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् ।

    पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् ।

    पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरुले खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताए । पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए ।

    उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend