मंसिर 8 काठमाडौं राजधानी काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टर प्रभु जोशीको निधन भएको छ । संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको बताइएको छ । उनको घटनास्थलमै निधन भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । यधपी खोजि कार्य भने भैरहेको प्रहरीले जनाएको छ ।