logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ललितपुर मेयर कप: कोशी र एपीएफ उपाधिका लागि भिड्ने

    ललितपुर मेयर कप: कोशी र एपीएफ उपाधिका लागि भिड्ने

    1.4K
    Shares
    ललितपुर मेयर कप: कोशी र एपीएफ उपाधिका लागि भिड्ने

    काठमाडौं । कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेस प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमा समेटियो । मधेशका लागि कप्तान सरस्वती चौधरीले १७ बलमा एक चौकासहित सर्वाधिक १० रन बनाइन् । यस्तै, साना प्रवीनले आठ, अमिरन निशाले आठ तथा चाँदनी खातुनले चार रन जोडिन् । बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्री, निसा शाह र एलिसा खडियाले समान दुई/दुई तथा सबनम राईले एक विकेट लिइन् ।

    त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियोे । कोशी प्रदेशका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौका प्रहार गरिन् । यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन् ।

    बलिङतर्फ मधेस प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई/दुई विकेट लिए । उपाधिका लागि एपिएफ र कोशी प्रदेशबीच यही चैत १६ गते फाइनल खेल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend