logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी गरिँदै

    प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी गरिँदै

    2.7K
    Shares

    मंसिर १० काठमाडौं प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अपरेसनको तयारी भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहानै उपचारका लागि अस्पतालमा परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस देखिएको हो।

    प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलबार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो। एपेन्डिसाइटिस बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्‍याउन सक्छ।

    केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ। एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ। एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो। कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ।

    आइतवार मात्र प्रधानमन्त्री ओलीको धापासिस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा डाइलासिस गरिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend