logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • उपनिर्वाचन: मुख्य निर्वाचन अधिकृत नियुक्त

    उपनिर्वाचन: मुख्य निर्वाचन अधिकृत नियुक्त

    1.3K
    Shares
    उपनिर्वाचन: मुख्य निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

    न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालदवरा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend