logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्यटकीय गन्तव्यमा अनिवार्य पथप्रदर्शक लैजानुपर्ने व्यवस्थाले पर्यटन क्षेत्र व्यवस्थित र मर्यादित बन्छ: धनञ्जय रेग्मी

    पर्यटकीय गन्तव्यमा अनिवार्य पथप्रदर्शक लैजानुपर्ने व्यवस्थाले पर्यटन क्षेत्र व्यवस्थित र मर्यादित बन्छ: धनञ्जय रेग्मी

    1.4K
    Shares
    पर्यटकीय गन्तव्यमा अनिवार्य पथप्रदर्शक लैजानुपर्ने व्यवस्थाले पर्यटन क्षेत्र व्यवस्थित र मर्यादित बन्छ:  धनञ्जय रेग्मी

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा पदयात्रालाई लक्षित गर्दै ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमले नेपालको पर्यटन क्षेत्र थप व्यवस्थित र मर्यादित हुने बताएका छन्।

    बोर्डले शनिबार देखि शुरु गरेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) बारे उनले भने आजसम्म  कोही पनि व्यक्तिले नेपालमा आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रुपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू  गरेको छ। यो   व्यवस्थाले नेपाली पर्यटन क्षेत्र अझै  सुरक्षित हुनेछ      ।

    रेग्मीका अनुसार नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टम शनिवारदेखि लागु भएको नयाँ  रुल हो । यसले बिगतमा पर्यटकले आफूले चाहेका ठाउँमा आफ्नो मात्र टिम  लिएर जान सक्थे  तर अब उनीहरुले अनिवार्य रुपमा गाइडहरु लैजानुपर्ने  बाध्यता सिर्जना गरेको छ  ।  अब पहिले जस्तो बारम्बार नेपालमा प्रत्येक सिजनमा एफआईटीहरु हराउने, कुनै खालका दुर्घटना हुने र समयमा नै उद्धान हुन नसक्दा मृत्युवरण समेत  गर्नुपरेको थियो । अब  एफआईटी लिएर मात्रै ट्रेकिङमा  जादाँ त्यो समस्या न्यूनीकरण हुन्छ ।’

    नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरु हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि बोर्डले यो व्यवस्था लागू गरेको उनको भनाइ छ । रेग्मीले पथप्रदर्शक लैजानैपर्ने व्यवस्थाले पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने र नेपालका अहिलेसम्म पथप्रदर्शक नभएका कारण चाहेको ठाउँमा पुग्न नसकेका पर्यटकका लागि सुरक्षित अवस्था आउने बताए ।

    ‘पदयात्रालाई सुरक्षित बनाउन हामीले यो पथप्रदर्शक अनिवार्य चाहिने व्यवस्था गरेका हौँ । आजबाट यो प्रणाली लागू भएको छ । यसले नेपालको पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने, पदयात्री भएपछि जुनकुनै पनि ठाउँमा पर्यटकहरु जानसक्ने स्थिति सिर्जना हुन्छ ।’- रेग्मीले भने, ‘नेपालको पदयात्रा अब पहिला भन्दा बढी सुरक्षित हुनेछ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend