काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भएर ११८७२.६५ विन्दुमा आएको छ ।
यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।