logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्डलाई जनयुद्धका पिडितको प्रश्न: शक्तिशाली पार्टीका शक्तिशाली अध्यक्ष कमरेड दोषीलाई कारबाही कहिले गर्ने ?(भिडियो)

    प्रचण्डलाई जनयुद्धका पिडितको प्रश्न: शक्तिशाली पार्टीका शक्तिशाली अध्यक्ष कमरेड दोषीलाई कारबाही कहिले गर्ने ?(भिडियो)

    3K
    Shares

    मंसिर १५ काठमाडौं पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा आफुँले नचाहेर पनि कतिपय नहुनुपर्ने गल्ति कमजोरी भएको बताएका छन्। आइताबार पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी पार्टीका नेता बुद्धिमान पाख्रिनको स्मृति दिवस पारेर भएकाे स्मृतिसभामा प्रचण्डले जनयुद्धका बेला भएका सबै राम्रा तथा नराम्रा घटनाको जिम्मेवारी लिन आफुँ तयार रहेको बताए।

    कम्युनिस्ट पार्टीको सिद्धान्त नै घटनाको प्रकृतिबारे सत्य तथ्य छानबिन गर्नु नै भएको भन्दै त्यसैको आधारमा कारबाही गर्ने पक्षमा रहेको बताए। उनले सशत्र द्वन्दका बेला जसले जसरी बलिदानी गरेपनि अहिले योगदानको आधारमा सबैको मुल्यांकन गरिएको बताए।

    सभामा बुद्धिमान पाख्रिनकी श्रीमती शान्ति पाख्रिनले जनयुद्धका बेला भएका जघन्य अपराध गर्ने गराउनेहरुलाई कारबाही हुन्छ कि हुँदैन भन्दै प्रचण्डलाई प्रश्न गरेकी थिइन्। उनले प्रचण्डलाई शक्तिशाली पार्टीका शक्तिशाली अध्यक्ष भएको भन्दै युद्धकालमा निर्ममतापुर्वक हत्या गर्नेहरुलाई कारबाही कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरिन। तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि पीडितले न्याय नपाउने हो कि भन्ने शंका उब्जिएको भन्दै चिन्ता ब्यक्त गरिन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend