logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • उपननिर्वाचनमना आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन : निर्वाचन आयुक्त भण्डारी

    उपननिर्वाचनमना आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन : निर्वाचन आयुक्त भण्डारी

    1.1K
    Shares
    उपननिर्वाचनमना आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन : निर्वाचन आयुक्त भण्डारी

    काठमाडौं । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने भएको छ । वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

    निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने बताए । उनले आचारसंहीता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताए । उनले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने बताए । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताए ।

    उनले भने, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यो निर्वाचनमा हामीले आचारसंहीता लागू गर्नुपर्छ । आचारसंहीता लागू गर्ने प्रयोजनका लागि आज अर्थात मिति २०७९/१२/२३ गते निर्वाचन आयोगको पनि बैठक बसेको छ । निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको पनि बैठक बसेको छ । चैत्र २४ गतेबाट आचारसंहीता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदी आचारसंहीता उल्लंघन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनको लागि केन्द्रिय आचारसंहीता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरु सबैलाई आचारसंहीता लागू हुन्छ, तत् निर्वाचन क्षेत्रमा मात्रै नभइ बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहीता लागू हुन्छ । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहीता लागू गर्दै त्यो आचारसंहीतालाई कडाईकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरुलाई कडाईका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहीता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहीता कार्यान्वयन गर्छौं । यदी कसैले उल्लंघन गर्छ भने उल्लंघन कर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहीता उल्लंघन हुनेछैन ।’

    निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताए । उनले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहीता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पारे । उनले आचारसंहीता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहीता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend