logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे

    व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे

    1.4K
    Shares
    व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे

    काठमाडौँ । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शनिवार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए ।

    उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लवले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए ।

    उनले भने, ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौँ । अनेकौँ चुनौतिहरुको सामना गरीरहेका छौँ । यतिबेला हाम्रो समजाले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ । लायन्स क्लवले गरिरहेका काम र प्रणालीहरु पदको लागि कुनै कोशिस गर्नु नपर्ने, आम सदस्य प्राप्त गर्दैगर्दा पनि सदस्यको लागि आफ्नो चाहना र इच्छा भन्दापनि संस्थाको आवश्यक्ता र मूल्यांकनको आधारमा सदस्यता प्रदान गर्नेकुरा देखिरहेका छौँ ।’

    सभामुख घिमिरेले लायन्स क्लवले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend