मंसिर २० काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद भीम रावलले सीमामा सुरक्षा निकायका लागि आवस्यक जग्गा उपलब्ध गराउन अवरोध सृजना गर्ने हो भन्दै बन मन्त्रीलाई प्रश्न गरेका छन्। सिंहदरबारमा शुक्रबार बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै नेता रावलले राज्यको भौगोलिक अखण्डताको रक्षा गर्न सिमामा सुरक्षा निकायको उपस्थितिका लागि जग्गा उपलब्ध गराउने कुरामा राज्यका सबै निकायहरु एकीकृत हुनुपर्ने बताएका हुन्।
बैठकमा गृहमन्त्री राम बहादुर थापा बादलले सिमामा सुरक्षाकर्मीको ब्यबस्थापनका लागि आव्स्यक जग्गा उपलब्ध गराउन बन मन्त्रालयले अबरोध गरेको बताएका थिए।
नेपालको सीमा विवादका बिषयमा छलफल गर्न संसदीय समितिले सम्बन्धीत मन्त्रीहरुलाई बोलाउदा पनि मन्त्री अनुपस्थीत भएको भन्दै सांसदहरुले आपत्ती जनाए । कालापानी लगाएतको भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछिको उत्पन्न अवस्थाका बारेमा छलफल गर्न समितिले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई शुक्रबार बैठकमा बोलाएपनि उनीहरु अनुपस्थीत थिए ।
सांसद रावलले नेपालको सीमा सम्बन्धी महत्वपूर्ण बिषयमा छलफल हुदा पनि मन्त्री उपस्थीत नहुनुको कारण माग गर्नुपर्ने बताए । मन्त्रीहरुले नै सीमा जस्तो महत्वपूर्ण बिषयमा गैरजिम्मेवार प्रवृति देखाएको बताए। त्यस्तै काग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सीमा बारेको छलफलमा मन्त्री नै नआएपछि थप छलफल गर्नुको कुनै औचित्य नहुने भन्दै अर्को बैठकमा छलफल गर्नुपर्ने बताए।