logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काँग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प खोजेको छैन : रामहरि खतिवडा

    काँग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प खोजेको छैन : रामहरि खतिवडा

    1.2K
    Shares
    काँग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प खोजेको छैन : रामहरि खतिवडा

    काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाली काँग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताए । उनले अहिले नेपाली काँग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले काँग्रेसका शीर्ष नेताहरु गठबन्धनलाई दह्रो बनाउन लागिपरिरहेको उनको भनाई छ ।

    उनले भने – ‘हामी हिजो जे कुरामा प्रतिवद्ध थियौँ । आजपनि त्यही कुरामा प्रतिवद्ध छौँ । कसैका भरका कुरा नसुन्नुहोला । सभापतिजीले पनि त्यसो भन्नुभएको होइन, काँग्रेस फेरि नेतृत्वमा आउने अवसर प्राप्त ग¥यो । राष्ट्रपति पायो । गठबन्धनबाट गुमेको थियो । अरु पदहरु पनि पाएको छ । यो हाम्रो लागि सुखद् हो भन्ने सेन्समा भनेको हो । राष्ट्रपति पाउनु नै काँग्रेसले नेतृत्व पायो भनेको हो । अहिले गठबन्धनको विकल्पमा, माओवादीको विकल्पमा काँग्रेसले सत्ता लिइहाल्ने अवस्था पनि छैन । त्यो भएको पनि होइन । तत्काल यो अवस्था छैन । गठबन्धनका बिरुद्धमा अहिले कोही बोलेका छैनन् । यसलाई दह्रो बनाउन गगन थापादेखि शेरबहादुर देउवासम्म, शेखर कोईरालादेखि मसम्म लागेका छौँ । आलोपालोको कुरा पछि हुन्छ । अहिले जसरी चलिरहेको छ, त्यसैगरी चल्छ ।’

    उनले सरकारले जनअपेक्षा अनुसारका राम्रा कार्यक्रमहरु ल्याओस् भन्ने काँग्रेस सांसदहरुको चाहना रहेको भन्दै सोही कारण कहिलेकाहीँ सरकारलाई आलोचनात्मक सुझाव दिने गरिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend