logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बाग्लुङ्गमा फेरी कुलपूजा पुगेर फर्किँदै गरेको जिप दुर्घटना, ११ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    बाग्लुङ्गमा फेरी कुलपूजा पुगेर फर्किँदै गरेको जिप दुर्घटना, ११ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    3K
    Shares

    मंसिर २२ काठमाडौं बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना भएको छ। हुग्दिशिर बराहकोटबाट बरेङतर्फ जाँदै गरेको जिप पोखराचौरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिपमा सवार १३ जना मध्ये ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जना गम्भीर रहेका छन् ।

    ध १ज १८३ नम्बरको जिप दुर्घटनामा ४० वर्षीय श्यामबहादुर पुन र ३५ वर्षीया दीलकुमारी पुन सैनामैना , ६० वर्षीय मतीलाल श्रीष र तिलमाया श्रीष रुपन्देही बुटवल, बरेङ २का ३२ वर्षीय विष्णु श्रीष, १८ वर्षीया इच्छा श्रीष, ४० वर्षीया तिलकुमारी छन्त्याल, २६ वर्षीया कमला बिक, ३९ वर्षीया कमला पुन र जिप चालक अनिल घर्तीमगर रहेका छन् । त्यस्तै गुल्मी कालिगण्डकी ७ की २३ वर्षीया सुस्मा पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये इच्छा, विष्णु, तिलकुमार छन्त्याल तथा तिलकुमारी पुन र कमला बिकलाई पोखरा रेफर गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend