logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १३ औँ दक्षिण एशियाली खेलकूद (साग): ४५ स्वर्णसंगै नेपाल दोश्रो स्थानमा, कुन देशले कति जिते ?

    १३ औँ दक्षिण एशियाली खेलकूद (साग): ४५ स्वर्णसंगै नेपाल दोश्रो स्थानमा, कुन देशले कति जिते ?

    2.8K
    Shares

    मंसिर २३ काठमाडौं तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

    आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

    नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

    साग पदक तालिका :

    देश स्वर्ण कास्य र जत जम्मा
    भारत १३१ ७७ ४० २४८
    नेपाल ४५ ४४ ७५ १६४
    श्रीलङ्का ३४ ६६ ९३ १९३
    पाकिस्तान २८ ३४ ४३ १०५
    बङ्गलादेश ८ २८ ६६ १०२
    माल्दिभ्स १ ० २ ३
    भूटान ० ० ९ ९


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend