logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : परराष्ट्रमन्त्री साउद

    छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : परराष्ट्रमन्त्री साउद

    1.4K
    Shares
    छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : परराष्ट्रमन्त्री साउद

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् ।

    मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।

    मन्त्री साउदले भने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।

    आजै मन्त्रीमा नियुक्त उनलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend