logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हेमा जोशीः सुदूरपश्चिम विश्वविद्यालयबाट समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

    हेमा जोशीः सुदूरपश्चिम विश्वविद्यालयबाट समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

    1.3K
    Shares
    हेमा जोशीः सुदूरपश्चिम विश्वविद्यालयबाट समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

    कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेखेकी छिन् ।

    कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली शिक्षा) रहेकी २६ वर्षीया विद्यार्थी उनले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेको बताइन् ।

    केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट स्वर्ण पदकसमेत प्राप्त गरेकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताइन् ।

    सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिइन्। अहिले उनको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भनिन्, ‘ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिन्छ ।’

    उनले लेखेका ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाएकी छिन् ।
    उनी प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल थिइन्। सुदूरपश्चिम विश्वविद्यालयबाट चार वटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाइन् । ‘ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितेँ ’, उनले भनिन्, ‘कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए ।’

    अध्ययनमा अब्बल उनले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिइन्। ‘जागिरको अफर आएको थियो’, जोशीले भनिन्, ‘अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।’

    नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उनले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेकी थिइन् ।

    भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सहलेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सहलेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९) सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।

    जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयका लेखहरु प्रकाशित छन् ।

    विश्वविद्यालयको दीक्षान्त समारोहमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठ जना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend