logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • स्मार्ट सडक बत्ती जडान हुँदा झिलिमिली धनगढी

    स्मार्ट सडक बत्ती जडान हुँदा झिलिमिली धनगढी

    1.1K
    Shares
    स्मार्ट सडक बत्ती जडान हुँदा झिलिमिली धनगढी

    काठमाडाैँ । उज्योलो धनगढी अभियान अन्तर्गत छ लेन सडकको धनगढी सडक खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएपछि सडकसहित आसपासको बस्ती झिलिमिली भएको छ । स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ बन्द हुने ‘सेन्सर’ जडान गरिएको छ । धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा यो खण्डका दुई सय १६ खम्बामा चार सय ३२ लाइट जडान गरिएको छ ।

    यो काममा उपमहानगर र नेपाल विद्युत् प्राधिकरणको गरी दुई करोड ६९ लाख ५८ हजार चार सय १० बजेट खर्च भएको छ । उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उज्यालो धनगढी अभियान अन्तर्गत सबै दृष्टिले धनगढीलाई उज्यालो पार्ने योजना अनुरुप यो बत्ती जडान गरिएको बताए।

    ‘सुन्दर, सफा, हराभरा र उज्यालो धनगढी बनाउने मिसन छ’, उनले भने, ‘यसका लागि आगामी दिनमा उपमहानरगरको १९ वटै वडामा बत्ती जडानको योजना छ ।’ धनगढीको मुख्य चोक ट्राफिक चौराहामा केही दिन अघि मात्रै ‘हाइमास्ट लाइट’ जडान कार्य पनि पूरा भएको छ । छ लेन सडकलाई हरियाली बनाउन फूल लगायतका बोटबिरुवा रोपिएको छ ।

    सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढीको छ लेन सडकमा स्ट्रिट लाइट जडान भएसँगै सुन्दरता अझ थपिएको छ । यसले सडक दुर्घटना न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास गरिएको छ । छ लेन सडकको निर्माण, सडक बत्ती जडान र हरियालीले सहरको सौन्दर्यता थपिएको अनुभव भइरहेको स्थानीयवासी चेतराज भट्टले बताए।

    उपमहानगरको जनसङ्ख्या दुई लाख चार हजार सात सय ८८ भन्दा बढी पुगेको छ । बसाइँसराइका कारण धनगढीमा बर्सेनि घरसंरचना निर्माण हुने क्रम पनि ह्वात्तै बढ्ने गरेको छ । कूल १९ वटा रहेको धनगढीका अधिकांश ग्रामीण वडामा भने स्तरीय सडकका साथै खानेपानी लगायतका आधारभूत पूर्वाधार भने अझैँ पुग्न सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend