logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इनासको आठौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न, नवौ क्षेत्रीय कार्यक्रम फ्रान्समा हुने

    इनासको आठौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न, नवौ क्षेत्रीय कार्यक्रम फ्रान्समा हुने

    2.7K
    Shares
    इनासको आठौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न, नवौ क्षेत्रीय कार्यक्रम फ्रान्समा हुने

    म्युनिख । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपको वार्षिक भेलासहित महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

    गत १४ र १५ अप्रिल २०२३ का दिन जर्मनीको म्युनिख शहरमा भएको उक्त कार्यक्रममा बेलायत, जर्मनी , पोल्याण्ड, फ्रान्स, बेल्जियम, अष्ट्रिया, चेक गणतन्त्र लगायतका राष्ट्रिय समितिहरुले प्रत्यक्ष रुपमा आफ्ना प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए भने डेन्मार्क, नेदरल्यान्ड्स लगायतका राष्ट्रिय समितिहरुले इमेल मार्फत कार्यसम्पादन विवरण संप्रेषण गरेका थिए ।

    कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिने उत्कृष्ट युरोप राष्ट्रिय समिति को अवार्ड यस वर्ष राष्ट्रिय समिति फ्रान्सले प्राप्त गर्न सफल भयो ।

    इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इनासका निवर्तमान अध्यक्ष तथा संरक्षक, सल्लाहकारहरु, आयोजक राष्ट्र जर्मनी लगायत विभिन्न राष्ट्रिय समितिका अध्यक्ष, तथा पदाधिकारीहरु, हिमालयन परिवार, गुरुङ परिवार, याक्थुङ्ग चुम्लुङ्ग, याक एण्ड यति हिमालयन फूड हाउस म्युनिख, जनजाति संघ, चितवन समाज, हामी नेपाली, जर्मन नेपाल मैत्री संघ, नेपाल परिवार, लगायतका जर्मनी स्थित विभिन्न स्थानीय संघ संस्थाहरुका प्रतिनिधिहरुले यस प्रकारको वृहत कार्यक्रम आयोजना हुदा र कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको विचार ब्यक्त गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।

    कार्यक्रमको मूख्य आकर्षक रहेको दोश्रो सत्र आठौं युरोपियन एकल नृत्य तथा पाँचौ गायन प्रतियोगिता उच्च सफलताका साथ सम्पन्न भयो। इनास जर्मनीका अध्यक्ष सुनिल गुरुङ्को अध्यक्षता र जर्मनीका लागि नेपाली राजदूत महामहिम रामकाजी खड्काको प्रमूख आतिथ्यता रहेको उक्त सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रममा बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, पोल्याण्ड, अष्ट्रिया चेक गणतन्त्र लगायतका मुलुकहरुबाट छनौट भई आएका कलाकारहरुले भाग लिदै लोक र आधुनिक गरि दुई विधामा आ-आफ्नो प्रस्तुतिहरु दिएका थिए ।

    शर्मिला बर्देवा, नलिना चित्रकार, रुपक डोटेल, पार्वती अधिकारी, बिष्णु मल्ल, जगत खड्का जस्ता निकै बरिष्ठ र अनुभवी कलाकारहरु निर्णायक रहेको यस निकै कडा प्रतिष्पर्धात्मक प्रतियोगितामा नृत्य तर्फ डेनमार्कका संस्कार बस्नेत प्रथम, फ्रान्सकी अश्मि थापा र अष्ट्रियाकी बबिता पुनले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरे भने गायनतर्फ जर्मनीकी मलिशा गुरुङ्ग प्रथम, डेनमार्कका सागर तिमिल्सिना दोश्रो र नेदरल्यान्ड्सका एडविन नेम्वाङ्ग तेश्रो स्थान हासिल गर्दै क्रमशः आठ सय एक, पाँच सय एक र तीन सय एक यूरो नगद पुरष्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

    यस पटक विजयीहरुका लागि पुरस्कार राशी गायन तर्फ क्रमशः हामी नेपाली, मिलन पन्त र जर्मन नेपाल मैत्री संघ त्यसैगरी नृत्य तर्फ़ क्रमसस् स्व. लाल नेपालीको स्मृतिमा मनकाजी नेपाली र टेक नेपाली, हरि न्यौपाने र डिपी शर्मा मैनाली लगायतका संस्था तथा व्यक्तिहरुले प्रायोजन गरेका थिए ।

    जर्मनी स्थित स्थानीय संघसंस्था , बुद्धिजिवी, समाजसेवी लगायत स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघ(संस्था तथा व्यक्तित्वहरुलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend