पौष ३ काठमाडौं नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ ।
ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ ।