logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने: मन्त्री ज्वाला

    समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने: मन्त्री ज्वाला

    1.2K
    Shares
    समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने: मन्त्री ज्वाला

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने चेतावनी दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौंता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताए । मन्त्री ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसदलाई जानकारी गराए ।

    उनले भने, ‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्न निम्ति हामीले जुन खालको निर्देशन दिएका छौं । जुन किसिमले प्रयास गरेका छौं । यसमा कहीकतै सम्प्रमाईज हुँदैन । र, समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिने र ती ठेक्काहरु अस्तव्यस्त बनाउने, बेवारिसे बनाउने खालको अवस्थाबाट ती योजनाहरुलाई मुक्त गराउनका निम्ति ती ठेक्का तोडनका निम्ति पनि हामी तयार छौं । र, ती ठेक्का तोडिएपछि नयाँ विकल्पमा जानुपर्ने अवस्था पनि सृजना हुन सक्छ । त्यसका निम्ति पनि मन्त्रालय तयार रहेको कुरा म यहाँहरुको बीचमा अनुरोध गर्न चाहन्छु ।’

    मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend