logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएनः मन्त्री भुसाल

    कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएनः मन्त्री भुसाल

    1K
    Shares
    कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएनः मन्त्री भुसाल

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन् । आईतवार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौति गरेको भन्दै असन्तुष्टि जनाए । उनले कृषि मन्त्रालयको बजेट कटौति नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।

    उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए । उनले कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।

    उनले भने, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ । कृषिको त नकाटम न भनेको के गर्नु खोई, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिंचाईको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ । १० लाख ३० हजार हेक्क्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ । सरकार कुनै न कुनै हिसावले यो जमिन प्रयोृग गर्नुपर्ने भन्नेमा जान खोजिरहेको छ ।’

    कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्नसके उत्पादन बढाउन सकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend