logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस्ः महामन्त्री थापा

    नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस्ः महामन्त्री थापा

    1.1K
    Shares
    नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस्ः महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् ।

    बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका हुन् ।

    उनले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताए । उनले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गरे । महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताए ।

    उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ कि सरकारले यसलाई कसरी डिल गर्छ, यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री, गृहमन्त्रीलाई यो सन्दर्भमा मेरो तर्फबाट हार्दिक बधाई छ । यसमा हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस् । जुनसुकै दलको होस् । जुनसुकै तहको होस् । ओहोदाको होस् । कारबाहीको दायरामा ऊ आउनैपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । तर कुनै भेटघाटले पनि प्रभावित नहोस् । कुनै दबाबले प्रभावित नहोस् । कुनै प्रभावले कहीँबाट प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्रि र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि, नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडी उसले सुशासनको नारा लगाउन सक्छ । तपाईको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खालि हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्रि र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’

    महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्नेखालको हुनुपर्ने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend