काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतकि प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगाठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको जनाएका छन् । उनले पेश गरेको प्रतिवेदनमा हाल भईरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको आरोप लगाएका छन् । ‘