कैलाली । धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत एक डाक्टर मृत अवस्थामा फेला परेकी छन् ।
धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्दैआएकी २६ वर्षीया डा. प्रसन्न शाह मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी आफ्नै घरको बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।