बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

शरणार्थी प्रकरणको अनुसन्धान सत्ता स्वार्थका लागि लज्जास्पद नाटकः महासचिव पोखरेल

शरणार्थी प्रकरणको अनुसन्धान सत्ता स्वार्थका लागि लज्जास्पद नाटकः महासचिव पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिएपछि चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस राख्दैँ महासचिव पोखरेलले अध्यक्षको सचिवालयको नाम जोडिएको प्रति चेतावनीको शैलीमा उनी प्रतिकारमा उत्रिएका हुन्।

उनले सत्ता स्वार्थका लागि यो प्रकरणको अनुसन्धान गरिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’ लेखेका छन्।

त्यति मात्र होइन उनले काँक्रा चोरको कथासँग यो प्रकरणलाई तुलना गर्दै उनले ‘काँक्रा चोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend