काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राखे । उनले संसद नचलाउने नियत देखिएको बताए ।
उनले भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताए ।
उनले भने, ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरो गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन ? किन नियत देखियो थाहा छैन । भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन ।’