कञ्चनपुर । कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ।
जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिंह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को ज्यान गएको हो ।
आफ्नै घर अगाडि राखिएको बैयल गाडामा खेल्ने क्रममा गाडाको अगाडिको भाग उठ्नलाई पछाडिको भागमूनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।