logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेलमन्त्री वैष्णव

    ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेलमन्त्री वैष्णव

    2K
    Shares
    ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेलमन्त्री वैष्णव

    एजेन्सी । भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान पूरा भइसकेको र घटनाको प्रमुख कारण पनि पत्ता लागेको रेलमन्त्री अश्विनी वैष्णवले बताएका छन्।

    रातभरि मर्मत कार्यको अनुगमन गरिरहेका रेलमन्त्रीले आइतबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा यसो बताएका हुन् ।

    रातारात एउटा ट्र्याक मर्मतको काम सकिएको उनले बताए। अहिले ओभरहेड तारको काम भइरहेको छ।

    उनले भने, ‘अनुसन्धान पूरा भइसकेको छ, कमिश्नर (रेल सुरक्षा) ले जतिसक्दो चाँडो आफ्नो पूर्ण छानबिन प्रतिवेदन दिनेछन्। यो प्रतिवेदन आएपछि सबै तथ्य थाहा हुन्छ तर यस्तो दर्दनाक दुर्घटनाको मूल कारण थाहा भएको छ।’

    बालासोर रेल दुर्घटनामा अहिलेसम्म २८८ जनाले ज्यान गुमाइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend