काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउनु पर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्याएको आफूलाई लागेको बताउँदै उनले भने, ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो गल्तिको दुष्प्रभाव हामीले बेहोर्नुपर्दैन ।’ उनले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाइ तत्काल सच्याउन उनले नेपाल सरकारसँग माग गरे ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्ताव गरेको छ । यसप्रति निर्वाचन आयोगले समेत आपत्ति जनाइसकेको छ ।