जनकपुरधाम । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
प्रतिष्ठानका राजिष्टार डिन विनोद यादवले उपकुलपति डा.साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै जानकारी दिए ।
काठमाडौंमा उपचार सम्भव नदेखिएपछि एक हप्ताअघि उनलाई दिल्ली पुर्याइएको थियो ।
उनी अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञका रुपमा मधेशकमा सुपरिचित थिए ।