logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जनार्दनले ओलीलाई भने,- ‘माओवादीविना तपाईंको सिंहदरबार यात्रा कठिन छ, भइरहने छ’

    जनार्दनले ओलीलाई भने,- ‘माओवादीविना तपाईंको सिंहदरबार यात्रा कठिन छ, भइरहने छ’

    1.6K
    Shares
    जनार्दनले ओलीलाई भने,- ‘माओवादीविना तपाईंको सिंहदरबार यात्रा कठिन छ, भइरहने छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादीको सहयोगबिना एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् ।

    सदनको बजेटमाथि छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने जिकिर गरे ।

    संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको उल्लेख गर्दै सदनमा तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उपमहासचिव शर्माको भनाई छ ।

    उनले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’

    ‘याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’ सांसद् शर्माले भने ।

    मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको समेत उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend