logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • एक्साभेटर दुर्घटनामा एक जनाको मृत्यु

    एक्साभेटर दुर्घटनामा एक जनाको मृत्यु

    1.4K
    Shares
    एक्साभेटर दुर्घटनामा एक जनाको मृत्यु

    तनहुँ । आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

    सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो ।

    आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

    आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो ।

    एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend