logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • करका दररेट तोक्न राजश्व बोर्ड गठन गरौं : गगन थापा

    करका दररेट तोक्न राजश्व बोर्ड गठन गरौं : गगन थापा

    896
    Shares
    करका दररेट तोक्न राजश्व बोर्ड गठन गरौं : गगन थापा

    काठमाडौं । कांगेस महामन्त्री एवं सांसद गगन कुमार थापाले बजेट प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै उनले करका दररेट तोल्न राजश्व बोर्ड गठन गर्नुपर्नेआवश्यकता औंल्याएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै सांसद थापाले भने, ‘बजेट प्रणालीमा सुधार गर्न आवश्यक छ। राजश्व बोर्ड बनाउनुपर्छ। बोर्ड बनाइसकेपछि यसले एक्जिक्युभिटको काम गर्छ। एड्भाइजरको काम पनि गर्छ। करका दर हेरफेर गर्न पाइन्छ। नत्र किन विधेयक ल्याउनुर ?’

    पूर्वमन्त्री समेत रहेका थापाले अगाडि थपे,‘एउटा एउटा दरको हेरफेर गर्नु किन। औचित्य के हो। मैले छुट दिए भने करको भार कति भयो भन्ने कुरा थाहा हुन्छ। हटाए भने कति फरक भयो। कुन प्रमाणको आधारमा मैले छुट दिए। अध्ययन कहाँ भयो । यत्ति गर्न सकियो भने विस्तारै पर्फमिङ बजेटतिर पाइला चाल्न सकिन्छ।’ उनले भने ।

    बजेट आकार र राजश्व लक्ष्य अवास्तविक देखिएको टिप्पणी गर्दै उनले यसपछिको बजेट ल्याउँदा क्लालेन्डर नै फेर्नु पर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend