logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक छ : सभामुख घिमिरे

    संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक छ : सभामुख घिमिरे

    1.2K
    Shares
    संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक छ : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए ।

    उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए । उनले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे ।

    उनले भने, ‘देशको राजनीति जस्तो हुन्छ, मुलतः शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ । शिक्षाले देश विकास गर्नसक्छ । विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ । नेपालको शिक्षाले विदेशी विद्यार्थीहरुलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ । तर त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थीहरु देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसईई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढीरहेको छ । यस खालका मेलाले शिक्षाको आवश्यकता बुझाउन सकेको छ । स्वदेशमा कसरी व्यवहारिक ढंगबाट प्राविधिक शिक्षाहरु अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ । नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन् । परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिष गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौति जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस् ।’

    बिहीवारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।

    असार ३ गते आईतवारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend