काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन् ।
७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टिकरण थियो ।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।
उनले केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाए । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनि प्रश्न समेत गरे ।
काम गर्न सक्छन भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । उनले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटक–पटक दोहोर्याए ।
ओलीले भने, ‘अव थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थितिभएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरुलाई आउन, उहाँहरुलाई एकजष्ट गर्न, उहाँहरुलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन प¥यो । ७० वर्ष कहिँपनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाई राख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौं । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरी हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस्न आउँदो महाधिवेशनमा । हुनुस्न अध्यक्ष कसलाई मन लाग्छ । उपाध्यक्ष, महासचिव हुनुस् । झन राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लडन पाउने भए । अनि किन आपत्ति जनाएको ? दौडिनुस । यति वर्ष भन्दामाथिकालाई दौडन दिन्न किन भन्ने ? ७० कासँग दौडनुस । ७० कासँग दौडँदा अगाडि जानु भयो भने ठिकै छ । पदक लिनुस । दौडन नसक्ने, घरमा बस्ने अनि घरमा बसेर गफ गरेर ७० वर्ष किन हटाइयो भन्ने फेरी । यो राजनीतिक कुरा भएन । कुनै पनि पार्टीमा संसदमा यस्तो छैन । यस्तो अमेरिकामा छ, बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ, चीनमा छ, कहीँ छ ? चीनमा थियो, हटिसक्यो ,। अव सिजिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो । हटाई सके । उहाँले ७० वर्ष पनि पार गरिसक्नु भयो । अनि, चीनले पनि यसलाई सच्यायो । ६५ वर्ष थियो साईप्रसमा । साईप्रसले पनि हटाईसक्यो काम लाग्ने रहेनछ भनेर । सबभन्दा पछि हामीले राखेका हौं ७० वर्ष । दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा । चिनिया कम्युनिष्ट पार्टी, साईप्रसको पार्टी र हाम्रो पार्टी । अरुले छाडे, हामीले पनि अन्तिममा छोडनै प¥यो । किनभने यो उपयोगी भएन । त्यसकारण यस्ता कुरामा अल्मिलिएर, अल्झेर, राजनीतिक कुरा नगरेर ७० वर्ष भयो कि नभएन ? दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा एमाले किन गर्न जरुरी छ ? त्यसकारण हामीले त्यसलाई छोडने भएका हौ । त्यसका कुनै साथीहरुले बेकारमा चर्चा, परिचर्चा गरेर । कोही भन्दै हिँडेका छन–यो महाधिवेशनमा हुन दिँदैनौं । अव यही कुरा बाँकि छ हामीले गर्नुपर्ने ? महाधिवेशनमा नीति तय गर्ने, कसरी जाने, कसरी लाने भन्ने कुरा भन्दा यस्ता नचाहिने कुरामा अल्मलिने ? काम गर्न नसक्ने छ भने ७० वर्ष चाहिँदै चाहिदैन । ६० वर्षमा पनि काम गरेन भने के गर्ने ? काम गर्न नसक्नेभएपछि त सिद्धियो नि । काम गर्न सक्दैछ भने हामी कसैलाई उम्मेदवार बनाउँदैनौं । उम्मेदवार बन्छ कोही भने काम गर्न नसक्ने मान्छे उम्मेदवार भएछ भने भोट नदिउला नि के भयो र । काम गर्न नसक्नेलाई भोट नदिने कुरा त हाम्रै हातमा छ नि त । त्यसो भएर यस्ता अनाआवश्यक कुरामा अल्झिरहने होइन । यो नचाहिने कुरामा अल्मलिने होइन । हामी राजनीतिक भएर बुढाबुढीहरु लौरो टेकेर अघि बढ भन्छौ हामी । केटाकेटीहरु अगाडि बढ, युवाहरु अगाडि बढ । किशोरकिशोरीहरु अगाडि बढ । अहिले जो १४ वर्षका केटाकेटी अव २०८४ को चुनावमा मतदाता हुन्छन । उनीहरुलाई पनि अलमल नगराई लिएर जानुछ हामीले । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–नयाँ पट्टी फर्किऊ । नयाँ बनाऊ । अव कोहीकोही बुढाबुढी भएर पनि काम गर्न सक्छौं भन्छन भने । उमेरले जे भएपनि मान्छे काम गर्न सक्छ भने काम गर्न दिने । हामीले काम गर्न नदिनुपर्ने केही जरुरी छैन । काम गर्न रोक्नुपर्ने, काम गर्न प्रतिबन्ध लगाउनुपर्ने केही जरुरी छैन । काम गर्न सक्छन भने दिने । त्यसकारण म दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–हामी जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढनुहोस् ।’