काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो खेल प्रदर्शन गरिरहेको छ ।
टस हारेर पहिले व्याटिङ गर्न पुगेको नेपालले २० ओभरमा सकिँदा बिना क्षति ८४ रन जोड्न सफल भएको छ ।
नेपाली टोलीका ओपनर कुशल भुर्तेल ५० र आसिफ शेख २९ रन बनाएर अहिले खेलिरहेका छन् ।
पाँच वर्षपछि नेपालले जिम्बाब्बेसँग ५० ओभरको पहिलो खेलमा प्रतिस्पर्धा गरेको हो। टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत भएकाले नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।