काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा वेवस्था गर्नु जायज नभएको बताए ।
उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले १०६ मा झरेको बताए ।
उनले भने,‘टेक्नोलोजी एकदमै फास्ट परिवर्तन भइरहेको छ । कागजी राहदानीबाट विद्युतीय राहदानीमा जाने निर्णय सरकारले गरिसकेपछि निर्णय कार्यान्वयन गर्नको लागि वास्था नगर्ने हो की ? सरकारले निर्णय अन्तर्राष्ट्रिय स्ट्याण्डरको गर्ने तर लागू गर्ने बेलामा समस्याहरु देखापर्ने अनि जनताले मार खानुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई प्रभाव परेको छ । सरकारको ध्यान यति जानुपर्ने जरुरी छ । राहदानीको अन्तर्राष्ट्रिय र्र्याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरु अपनाउनुपर्ने हो। त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’