logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरी कार्यान्वयमा बेवास्ता गर्न मिल्दैनः नेता सिंह

    अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरी कार्यान्वयमा बेवास्ता गर्न मिल्दैनः नेता सिंह

    1.6K
    Shares
    अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरी कार्यान्वयमा बेवास्ता गर्न मिल्दैनः नेता सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताएका छन् ।

    बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा वेवस्था गर्नु जायज नभएको बताए ।

    उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय  र्‍याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय र्‍याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले १०६ मा झरेको बताए ।

    उनले भने,‘टेक्नोलोजी एकदमै फास्ट परिवर्तन भइरहेको छ । कागजी राहदानीबाट विद्युतीय राहदानीमा जाने निर्णय सरकारले गरिसकेपछि निर्णय कार्यान्वयन गर्नको लागि वास्था नगर्ने हो की ? सरकारले निर्णय अन्तर्राष्ट्रिय स्ट्याण्डरको गर्ने तर लागू गर्ने बेलामा समस्याहरु देखापर्ने अनि जनताले मार खानुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई प्रभाव परेको छ । सरकारको ध्यान यति जानुपर्ने जरुरी छ । राहदानीको अन्तर्राष्ट्रिय  र्‍र्‍याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय  र्‍याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरु अपनाउनुपर्ने हो। त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend