logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँः सांसद केसी

    चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँः सांसद केसी

    952
    Shares
    चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँः सांसद केसी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन् ।

    उनले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलिय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए । उनले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताए । उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।

    उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्छु भने समय सीमा कति सालदेखि कसका सम्पती जाँचबुझ गर्ने त्यो समय सिमा सबैको सल्लाह गरेर राखियोस् । तर यो देशमा चर्चित भएका ८÷१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला भाषण गरेर त्यसका बिरोधमा बोल्दाखेरी धेरै तालि लिए, ति भ्रष्टाचार काण्डहरु अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलिय सहमति गरेर, कहिलेदेखिको गर्ने समय सिमा गरोस् सरकारले । तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शि रुपबाट शक्ति सम्पन्न आयोग गठन गरेर यि चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन हामी गर्नसक्छौँ कि सक्दैनौँ ।’

    उनले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गरे । उनले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend