काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेश गरेको छ ।
महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आज नगरसभामा प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजनसहितको बजेट आएको हो ।
महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायतका विषयलाई बजेटमा प्राथमिकतासाथ उठान गरेको छ ।