logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

    जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

    910
    Shares
    जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

    काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने भएका छन् । बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराएका हुन् ।

    उनले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचि १६ को खण्ड (क) को क्रमसंख्या १० मा रहेको प्रावधान हटाएर हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई नै यथावत राखिने बताएका हुन् । उनले जिल्लामा निर्वाचन कार्यालय रहँदा नै निर्वाचन आयोगको काम स्वतन्त्र हुने कुराको सुनिश्चित हुने बताए ।

    उनले भने– ‘संघीय संसदको संयुक्त बैठकमा मैले मिति २०८० जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची १६ को खण्ड क को क्रमसंख्या १० मा रहेको प्रावधानको सट्टा त्यसलाई हटाइ हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था जुन अहिलेसम्म रहिआएको छ, यथावत् नै रहेको ब्यहोरा नेपाल सरकारको तर्फबाट सम्मानीत सदन एवम् सम्माननीय सभामुखज्यूलाई जानकारी गराउन चाहन्छु र जस्तो पहिला व्यवस्था थियो त्यस्तै व्यवस्था हुँदा नै निर्वाचन आयोगको स्वतन्त्र रुपमा जिल्ला जिल्लामा काम गर्ने कुरा सुनिश्चित हुन्छ । अन्य विकल्प भन्दा त्यही नै विकल्प हो भन्ने जुन कुराहरु आएको छ, त्यही अनुसार यो प्रस्ताव पेश भएको छ । सभामुख र सदनलाई नेपाल सरकारको तर्फबाट जानकारी गराउँछु ।’

    अर्थमन्त्री महतले सो कुरा सरकारको तर्फबाट संसदलाई लिखित जानकारी गराएको पनि सभामुख देवराज घिमिरेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend