logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अर्थमन्त्री महतको दाबीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ

    अर्थमन्त्री महतको दाबीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ

    931
    Shares
    अर्थमन्त्री महतको दाबीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् ।

    शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    अर्थमन्त्री महतले बजेट संघीयता विरोध पनि नभएको जिकीर गरे । धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटक–पटक दोहोर्‍याए । शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाई थियो ।

    उनले भने, ‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आईसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौं । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पु¥याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौं । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन । करको जुन हामीले व्यवस्था गरेका छौं । यसले चाँही जो धेरै आम्दानी गर्छ, उनीहरु करको दायरामा आईराख्या छैनन् । उनीहरुलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुप¥यो । तर भन्दा उनीहरुलाई बेखुशी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’

    अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी समेत गरे । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरु बजेटमा उल्लेख गरिएको पनि उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend