logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छः सभामुख घिमिरे

    सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छः सभामुख घिमिरे

    945
    Shares
    सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छः सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सांसदहरुले सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भुमिका खेल्नसक्नुपर्ने बताउँदै त्यसतर्फ सचेत हुन आग्रह गरे ।

    उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।

    उनले भने, ‘अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी महिलाहरुको जनसंख्या भएको जनसंख्यालाई भएको क्षेत्रलाई नै पछाडी परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउने कुराहरुमा संसदले खेल्ने भुमिकाहरु के हुन् ? बनेका कानूनहरुलाई कार्यान्वयमा खासगरी सरकारमार्फत कार्यान्वयनमा भइरहेका अप्ठ्यारा के हुन् तिनीहरुलाई कार्यान्वयन गराउन संसदहरुले खेल्ने भुमिका, यसका विषयगत समितिहरुमार्फत अथवा संसदीय सुनुवाईमार्फत संवैधानिक प्रमुखहरु, त्यो संस्थाले गरेको कामलाई, ति संवैधानिक निकायहरुमार्फत आएका प्रतिवेदनहरु र तिनीहरुलाई सरकारबाट कार्यान्वयन गर्न खेलेको भुमिकालाई अनुगमन गर्ने, त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने, कार्यान्वयन गर्नका लागि सरकारलाई बाध्य बनाउने, संसदप्रति जवाफदेही सरकार बनाउनको लागि हामीले हाम्रो दैनिक कार्यसूचिदेखि लिएर तय गरेका विषयमा हाम्रो सहभागिता कसरी प्रभावकारी पार्न सकिन्छ ? सरकार संसदप्रति उत्तरदायी बनाउनका लागि प्रतिपक्षले संसदमा भनिरहँदाखेरी सरकारप्रति जवाफदेहीपूर्ण व्यवहार गर्नका लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ ? हाम्रा परिपाटीहरु के छन् ? हामीले तय गरेका विद्यमान ऐन, कानूनहरुले कत्तिको पर्याप्तता राख्छन् ? र त्यसलाई कार्यान्वयन गर्नका लागि बनाइएका विधिहरु, नियमावलीहरु, निर्देशिकाहरुले कति कामहरु गरेका छन् ? यसको यो बेलामा समिक्षा हुनु जरुरी छ ।’

    सभामुख घिमिरेले सांसदहरुको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend