logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वर्तमान सत्ता गठबन्धन फेरिने कुरा अफवाह मात्रै हो: अर्थमन्त्री महत

    वर्तमान सत्ता गठबन्धन फेरिने कुरा अफवाह मात्रै हो: अर्थमन्त्री महत

    945
    Shares
    वर्तमान सत्ता गठबन्धन फेरिने कुरा अफवाह मात्रै हो: अर्थमन्त्री महत

    पोखरा । सरकारका अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा‍‍. प्रकाशशरण महतले सत्ता गठबन्धन फेरिने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

    प्रेस युनियन कास्कीको पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताउँदै वर्तमान गठबन्धन अहिले नै फेरिने कुरा साँचो नभएको बताएका हुन् ।

    उनले भने, ‘सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन,’ उनले भने, ‘अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष्य लिएर चलेका छौँ ।’ वर्तमान गठबन्धन परिवर्तन नहुने दाबी समेत गरे ।

    तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा भने उनले चिन्ता व्यक्त गरे। ‘पुँजीगत बजेट कम छ । त्यो पनि खर्च नहुँदा हालत के हुन्छ ?,’ महतले भने ।

    महतले नयाँ बजेटले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुगाउने विश्वास राख्दै उनले बजेट बाँड्ने कुरामा लोकप्रिय नदेखिएपछि लक्ष्य लोकप्रिय भएको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend