logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपालले दियाे सिंगापुरलाई जितका लागि १ सय ८५ रनको चुनौती

    नेपालले दियाे सिंगापुरलाई जितका लागि १ सय ८५ रनको चुनौती

    2.3K
    Shares
    नेपालले दियाे सिंगापुरलाई जितका लागि १ सय ८५ रनको चुनौती

    काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरसामू १ सय ८५ रनको लक्ष्य प्रस्तुत भएको छ । मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन जोडेको हो ।

    सूर्यांशु कोइराला र निरज यादवले १२ ओभर भित्र ६३ रन बनाएर नेपाललाई राम्रो सुरुवात दिलाए। सूर्यांशु आउट भएपछि यो साझेदारी कायम रहेन। उनले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन जोडे ।४९ बल खेली ३ चौका र १ छक्काको सहयोगमा निरजले ४२ रन बनाए ।

    आशिष लुहार ६, नरेन भट्ट ३, प्रतीक भट्टराई १२ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो। सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । अशोक धामी पहिलो बलमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी कायम राखे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए ।

    दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाई नटआउट रहे। उनले ५ बल खेली १ चौका प्रहार गरे । प्रतीक पोखरेल २ बल खेली ३ रन बनाई अविजित रहे । सिंगापुरको तर्फबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटराम र कविर बेरिलाले २–२ विकेट लिए ।

    थाइल्यान्ड र मलेसियालाई पराजित गरी नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि जित हाँसिल गरेको सिंगापुर अन्तिम खेलमा हङकङसँग हार व्यहोरेपछि समूह ‘बी’ को उपविजेता बन्न पुगेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend