काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नामकरणप्रति असहमति प्रकट गर्दै स्थानीयले नेपाल क्रिकेट संघ क्यानको कार्यालयमा ताला लगाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथशाहको नाम राख्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयले आइतबारदेखि नै ताला लगाएका हुन् ।
क्यानका संस्थापक तथा पूर्व अध्यक्ष शाहको सम्मानस्वरुप मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको थियो ।
गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल आयोजना भएपछि सो मैदानले अन्तर्राष्ट्रियकरण हुने अवसर पाएको थियो ।
विगत लामो समयदेखि निर्माण गर्न सुरु गरिएको भएपनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले यस आर्थिक वर्षमा पनि सहयोग प्रदान गरेको छ ।